तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचीलाई अघि बढाएको पनि बताए ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेबित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए ।

‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन कम्प्लिट गर्छ । र, यही गठबन्धनले एक वर्ष भित्रमा सबै चुनावहरू गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूची अघि बढाएको छ' उनले भने ।

मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शीर्ष नेताहरुबीच पनि सोही सहमति भएको बताए ।

उनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढने बताए । उनले त्यसका लागि सत्तारुढ दलहरुले कार्य दल बनाएर छलफल अघि बढाएको र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि निरन्तर छलफल अघि बढाइएको बताए ।



मन्त्री पौडेलले आफूले सार्वजनिक शिक्षालाई सबलीकरण गरेर अघि बढाउन जोड दिएको बताए ।



  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १६:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया