पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०७ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ८३६ जनामा संक्रमण देखिएको थियो । ६ हजार ६५४ वटा स्वाब नमुनाको परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्रै २०७ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा १६६ जना छन् । यस्तै, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।