म्यानमारले ७ विदेशीसहित ८२१ कैदीलाई दियो आम माफी
फाइल तस्वीर

म्यानमार सरकारले ८२१ कैदीलाई आम माफी दिइएको छ । आम माफी पाउनेमा ८१४ स्वदेशी र सात विदेशी कैदी छन् ।

म्यानमार सरकारले उनीहरूलाई हीरक एकता दिवसका अवसरमा आम माफी दिने निर्णय गरेको हो । 

म्यानमारमा जनवरी ३१ देखि फेरि संकटकालको समय ६ महिना थप गरिएको छ । म्यानमारको सेनाले गत वर्षको फेब्रअरी १ मा सत्ता कब्जा गर्दै संकटकाल लगाएको हो । सेनाको कदमविरुद्ध देशभित्रका दल तथा लोकतन्त्रवादी र विश्व समुदाय विपक्षमा उभिए पनि सेना पछाडि हटेको छैन । 

त्यसअघि भएको निर्वाचनमा धाँधली भएकोले पुनः निर्वाचन गराउनुपर्ने अडानसहित सत्ता कब्जा गरिएको सेनाको भनाइ छ । अन्य पक्ष, विदेशी पर्यवेक्षकले भने निर्वाचन निष्पक्ष र स्वतन्त्ररुपमा नै भएको भन्दै सेनाको आरोपको खण्डन गरेका छन् । 

सेनाले सत्ता कब्जा गरेपछि म्यानमारका जनता आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने अरु हजारौँ घाइते र गिरफ्तार भएका छन् । 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १९:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया