आइपिएल अक्सन : सन्दीप यसपालि पनि अनसाेल्ड

नेपाली क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा अनसोल्ड भएका छन् । 

बैंग्लोरमा सम्पन्न पहिलो दिनको अक्सनमा उनलाई अनुबन्ध गर्न कुनै पनि टोलीले चासो नदेखाएका हुन् । सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु थियो ।

 उनी पहिलो दिनको अन्तिम सेटको अन्तिम नम्बरमा परेका थिए । सन्दीप गत वर्ष पनि अनसोल्ड भएका थिए ।  

सन् २०१८ मा तत्कालिन दिल्ली डेयरडेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारुमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । २०२० सम्म दिल्लीमा रहेका उनले ९ खेलमा १३ विकेट लिए ।

सन् २०१८ मा तीन खेल खेल्दा पाँच विकेट लिएका सन्दीपले सन् २०१९ मा ६ खेलबाट आठ विकेट हात पारे । उनी सन् २०२० मा भने बेन्चमै सीमित भएका थिए । 





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार ६:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया