सिटीको शानदार जितमा स्टर्लिङको ह्याट्रिक

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले घरेलु टोली नर्विच सिटीलाई ४-० गोल अन्तरले हराएको छ । गएराति क्यारो रोडमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले ह्याट्रिक पूरा गर्दा एक गोल फिल फोडेनको नाममा रह्यो । 

खेलको ३१ औं मिनेटमा स्टर्लिङको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ४८ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

७० औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । थप गरिएको समयमा स्टर्लिङले आफ्नो ह्याट्रिक पूरा गरेपछि सिटीले ४-० को फराकिलो जित दर्ता गर्‍यो ।

यो जितसँगै शीर्ष स्थानमा कायम रहेको सिटीले २५ खेलमा ६३ अंक जोड्दा पराजित नर्विच २४ खेलमा १७ अंकका साथ १८ औं स्थानमा छ ।

लिग अन्तर्गत नै भएका अन्य खेलमा एभर्टनले लिड्स युनाइटेडलाई ३-० तथा ब्राइटनले वाटफोर्डलाई २-० ले हराउँदा म्यानचेस्टर युनाइटेडले साउथह्यामटनसँग १-१ र क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डसँग गोलरहित बराबरी खेले ।






  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार ८:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया