सिरियलकी चर्चित ‘गोपी बहु’ व्यापारी हत्या केसमा पक्राउ

एजेन्सी– भारतीय हिरा व्यापारी राजेश्वर उदानीको हत्यामा संलग्न भएको आशंकामा भारतीय सिरियलकी चर्चित अभिनेत्री ‘गोपी बहु’ अर्थात देवोलिना भट्टाचार्य पक्राउ परेकी छिन् । 

उदानीको शव डिसेम्बर ५ मा रायगढ जिल्लाको एक जंगलमा भेटिएको थियो । प्रहरीले यस घटनाको अनुसन्धान गर्ने सिलसिलामा अहिलेसम्म तीन जना व्यक्तिलाई हिरासतमा लिएको छ । जसमा देवोलिनासँगै एक प्रहरी, पूर्व सचिव पनि पक्राउ परेका छन् । 

देवोलिनासँगै सचिन पवार नामका एक व्यक्तिलाई गुवाहाटीको एक होटलबाट पक्राउ गरेको हो । यसमा निलम्बित कन्स्टेबल दिनेश पवारको नामपनि जोडिएको छ । 

मुम्बई प्रहरीका एसिपी लखिम गौतमलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले प्रहरी कन्स्टेबल पवार २०१४ मा एक बलात्कारको केसमा गिरफ्तार भइसकेको उल्लेख गरेका छन् । 

हत्याको मुख्य कारण पैसाको कारोबार र सचिनको महिला साथिको विषयमा भएको विवाद रहेको देखिएको प्रहरीले जनाएको छ । उदानीको कल डिटेल्स चेक गर्दा देवोलिनासँग पनि सम्पर्क भएको देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो 

एक्ट्रेस देवोलिना भट्टाचार्य टिभी सिरियल ‘साथ निभाना साथिया’ मा गोपी बहुको भूमिकामा निकै चर्चित छिन् । यो बाहेक ‘संवारे सबके सपने प्रीतो’ मा पनि अभिनय गरिसकेकी छन् । 



गुवाहाटीमा अगस्ट २२ १९९० मा जन्मिएका देवोलिना भट्टाचार्य भरतनाट्यम डान्सर हुन् । 

सन् २०११ देखि अभिनय करिअर सुरु गरेकी देवोलिना डान्स इन्डिया डान्स सिजन टुको अडिसनमा पहिलो पल्ट देखिएकी थिइन् । यसपछि टिभी  सिरियलको संवारे सबके सपने प्रीतो मा बानीको भूमिका निर्वाह गरेकी थिइन् । एक्ट्रेस जिया मानिक सिरियलबाट हटेपछि ‘साथ निभाना साथिया’ मा देवोलिना ‘गोपी बहु’ को भूमिकामा आएकी थिइन् । 



उदानी हत्या केसमा देवोलिनासँगै पक्राउ परेका सचिन पवार महाराष्ट्रका गृह निर्माण मन्त्री प्रकाश मेहताका पूर्व निजी सचिव हुन् । 

प्रकाश मेहताका अनुसार २००४ देखि २००९ सम्म पवारले उनीसँग काम गरेका थिए । सचिनको माध्यमबाट उदानी चलचित्र क्षेत्रका महिलाहरुसँग सम्पर्कमा रहेको प्रहरीको अनुसन्धानल पत्ता लगाएको छ । 

  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १०:३८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया