महाकालीमा फसेकी महिलाको प्रहरीले गर्‍याे उद्धार

दार्चुला महाकाली नदी छेउमा बालुवा निकाल्ने क्रममा पानीको सतह बढेर बीचमा फसेकी महिलाको नेपाल प्रहरीले उद्धार गरेको छ ।

बालुवा निकाल्ने क्रममा पानीको बहाब बढेर नदीको बीचमा फसेकी महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै घर भएकी २५ वर्षीया लीला ओडलाई प्रहरीले उद्धार गरेकाे हाे ।

आइतबार बिहान ‍ओड महाकालीको बीच भागमा अड्किएर रोइकराइ गरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले टोली गएर महिलाको सकुसल उद्धार गरिएको जानकारी दिए । 

महिलाको अवस्था सामान्य रहेको छ । महाकाली नदीबाट उद्धार गरेर अहिले जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । 





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १०:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया