राप्रपा अध्यक्ष लिङ्देनले कमल थापालाई दिए बधाई
फरकधार / १ फागुन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई राप्रपा नेपालकाे अध्यक्ष बनेकाेमा बधाई दिएका छन् ।



लिङ्देनले सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।



लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘राप्रपाका पूर्वअध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । आगामी जीवन सुखमय रहोस्।’



राप्रपाकाे एकता महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए । 



एकीकृत राप्रपा बन्नुभन्दा पहिला थापा राप्रपा नेपालकाे अध्यक्ष थिए । राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले थापालाई अध्यक्ष पद हस्तान्तरण गरेका हुन् ।





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १५:३६:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया