सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ । सभामुख सापकोटाले आज दिउँसो २ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका छन् ।

सभामुख सापकोटाले पछिल्लो समय संसद अवरोध भइरहेकाले यसलाई खुलाउनको लागि सर्वदलीय बैठक बोलाएका हुन् । तीन सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकै दिन सभामुख सापकोटाले यो बैठक बोलाएका हुन् । तर, यो बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ ।

‘सभामुखले गैरसंवैधानिक काम गरेकाले उनलाई नै हटाउनु पर्छ भनेर हामीले माग गरिरहेका छौँ,’ नेकपा एमालेका एक स्थायी कमिटी सदस्यले फरकधारसँग भने, ‘उनैले बोलाएको बैठकमा हामी सहभागी हुँदैनौँ ।’

नेकपा एमालेले सभामुख सापकोटाको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएको छ । ४ फागुनमा अब संसद बैठक बस्ने तयारी गरिएको छ । यो बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अनुमोदनका लागि टेबल हुनसक्ने सम्भावना बढी छ ।





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १०:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया