एमाले संसदीय दलको बैठक सुरु

नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्धको महाअभियोग दर्ता भएकोबारे बैठकमा छलफल गरेर निष्कर्ष निकाल्ने बताएको छ । 

यसअघि एमालेले हिजो सचिवालय बैठक पनि बसेको थियो । हिजोको सचिवालय बैठकमा पनि चार न्यायाधीशविरुद्ध महाअभियोग लगाएर काउन्टर दिनुपर्ने आवाज उठेको थियो ।

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा फैसला गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र मीरा खड्काविरुद्ध महाअभियोग लगाउनुपर्नेमा एमालेभित्र दबाब छ ।

यसबारे के गर्ने भन्नेबारे निर्णय नभएको र सबै घटनाक्रम बुझेर मात्रै संसदीय दलको बैठकले निर्णय गर्ने एक नेताले फरकधारलाई जानकारी दिए । एमालेले सत्ता गठबन्धनले लगाएको प्रधानन्यायाधीशमाथिको महाअभियोग दर्तालाई गम्भीर रूपमा लिएको बताएको छ । 

यसबारे आधिकारिक धारणा भने आजको बैठकपछि आउने नेताहरूकाे भनाइ छ ।
 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १२:१५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया