सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु
फरकधार / २ फागुन, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सभामुख सापकोटाको सचिवालयका अनुसार बैठक केहीबेर अघिमात्र सुरु भएको हो । 



सभामुखको आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो । संघीय संसद सचिवालय सिंहदरबारमा अहिले बैठक जारी छ । 

प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग दर्ता गराएपछि राजनीतिमा नयाँ ट्विस्ट आएको छ । यसबारे छलफल गरेर निष्कर्ष निकाल्नका लागि एमाले संसदीय दलको बैठक जारी छ । 



सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा भने एमालेले आफ्नो उपस्थिति जनाएको छैन । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो दिनदेखि नै अवरोध गर्दै आएको छ ।



  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १४:४४:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया