प्रहरीले  सुरु गर्यो  ‘सेफ्टी पिन क्याम्पियन’

काठमाडौं– महानगरीय प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रले सार्वजनिकसवारीमा हुने यौनजन्य दुव्र्यवहार न्युनीकरण गर्न सेफ्टी पिन क्यम्पियन सुरु गरेको छ । सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहारलाई न्यूनीकरण गरी महिला तथा बालबालिकाका लागि सहज र सुरक्षित यात्रा गर्ने वातावरण बनाउने उद्देश्यका प्रहरीले सेफ्टी पिन क्याम्पियन गत वर्षदेखि नै सुरु गरेको थियो ।

अभियान प्रभावकारी भएको भन्दै प्रहरीले फेरि पनि यो अभियान जारी राखेको हो । यस अभियानअर्न्तगत उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनमा ‘सार्वजनिक यातायातमा महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाको प्रतिकार गरौँ, समयमा नै प्रहरीलाई खबर गरौँ’ लगायत यात्रुमाथि हुने यौनजन्य हिंसाविरुद्ध सचेतनामूलक सन्देश लेखिएका स्टिकर उपत्यकाका २५ स्थानमा चल्ने सवारी साधनमा टाँसिएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र केसीले उपत्यकाका सार्वजनिक सवारीचालक, सहचालक तथा यात्रुहरुलाई सवारीसाधनमा यौनजन्य दुर्व्यवहारका घटना भएमा तत्काल नेपाल प्रहरीको हटलाइन १०० नम्बरमा खबर गर्न अनुरोध गरे ।


 

    
 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १७:१०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया