कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डोल लामा (कार्चेन)लाई हटाउन माग गर्दै उच्च अदालतमा रिट परेको छ ।
लामा फौजदारी अभियोगमा दोषी ठहरिएकाले उनलाई मन्त्री बनाएको भन्दै सो निर्णय खारेज गर्न माग गर्दै मध्यपश्चिम विश्वविद्यालय कानुन संकायकी विद्यार्थी बिनिता बोगटीले रिट दायर गरेकी हुन् ।
लामा नेकपा माओवादी केन्द्रको सिफारिसमा कर्णाली प्रदेश सरकारको मन्त्री बनेका हुन् । हुम्ला ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा लामालाई अदालतले ०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
सोमबार दायर भएको रिटमा प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको छ । रिटमा बोगटीले लामालाई मन्त्री बनाउनु संविधान विपरीत भएको भन्दै तत्काल हटाउन माग गरेकी छन् ।
उनले मन्त्रिपरिषदलाई समावेशी बनाउन पनि माग गरेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।