सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसिसीबारे आफ्नोभन्दा पनि दलहरुको भूमिका निर्णायक हुने बताएका छन् । उनले आफू एमसिसीको विषयमा एउटा एम्पायर जस्तो मात्र भएको बताएका हुन् ।
यसअघि सबै दलले साझा धारणा ल्याएपछि मात्र आफूले सदनमा एमसिसी टेबल गर्ने विषयमा सोच्ने बताउँदै आएका सापकोटाले सोमबार चाहिँ आफ्नो यसमा खासै ठूलो भूमिका नहुने बताएका छन् ।
‘म त आखिर अम्पायर मात्र हुँ, निर्णाय भूमिका त दलको हुन्छ,’ सभामुख सापकोटाले सोमबार भनेका छन्, ‘यस विषयमा मैले सबै दलहरुको कुरा गम्भीर भएर सुनेको छु ।’
उनले आफू सभामुखको हैसियतमा भएकाले अहिले तत्काल आफू निष्पक्ष, स्वतन्त्र ढंगले अगाडि बढ्ने पनि बताएका छन् । सोमबार सभामुख सापकोटाले एमसिसीको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए । यो सर्वदलीय बैठकलाई नेकपा एमालेले बहिस्कार गरेको थियो ।
‘बैठकमा सदनलाई सुचारु गराउने र छलफल अघि बढाउनेबारे कुरा भएको छ । एमसीसीसहितका मुद्दामा सभामुखका हैसियतले स्वतन्त्र निष्पक्ष रुपमा निर्णय गर्नुपर्छु, अन्तिममा आउने संसदमा नै हो । तर सहमतिका साथ आउनुपर्छ भन्ने कुरा हो । सभामुखका रुपमा म त ुअम्पायरु न हो। निर्णायक भूमिका दलहरुकै हुन्छ,’ सभामुख सापकोटाले भनेका छन् ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी आगामि संसद बैठकमा नै टेबल गर्ने सहमति गरिसकेको अनुमान गरिएको छ । संसद बैठक ४ फागुनमा बस्दै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।