त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति दिन नसकिने बताएको छ । त्रिवि रजिस्ट्रारको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी अनशन र तालाबन्दीको दबाबमा करार स्थायी गर्न नसकिने जनाएको हो ।
विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाब दिई आंशिकलाई स्वतः करार र करारलाई स्वतः वा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने परम्परा स्वीकार्न नसकिने त्रिविको ठहर छ ।
आंशिक प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविसभाको विगतको निर्णय लागू माग गर्दै आंशिक प्राध्यापकहरुले माघ ६ गते तालाबन्दी गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।