कामु प्रधानन्यायाधीशले बोलाए शुक्रबारका लागि फुलकोर्ट

कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीले शुक्रबारबा लागि सर्वोच्च अदालतलको फुलकोर्ट बोलाएका छन् । 

सोमबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको थियो । 

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग लगायत अदालत सञ्चालन, अदालत सुधार लगायका विषयमा छलफल भएको जनाइएको छ ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि उनी निलम्बित भएका छन् ।

राणा निलम्बित भएसँगै वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन् । 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार २०:४६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया