logo-img

मन्त्री आलेले अश्लिल शब्द प्रयोग गरेको अडियो सार्वजनिक

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अश्लिल शब्द प्रयोग गरेर गाली गरेको अडियो सार्वजनिक भएको छ । उनले भारतको मुम्बईमा बस्ने एक नेपाली युवकलाई फोनमार्फत गाली गरेको अडियो सार्वजनिक भएको हो । 

अडियोमा ती युवकसँग गरेको कुराकानीमा मन्त्री आलेले अश्लिल शब्द प्रयोग गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको अडियोअनुसार फेसबुकमा गरेको एउटा कमेन्टका कारण आलेले ती युवकलाई गाली गरेको सुनिन्छ ।

सुरुमा आलेले ती युवकलाई कता हुन्छ भनेर सोध्छन् । जवाफमा युवकले भन्छन्, ‘म इण्डियातिर छु ।’ त्यसपछि आलेले प्रश्न गर्छन्, ‘तपाइँको त्यो कमेन्ट हेरे मैले, के लेखेको हो यार त्यस्तो?’ आलेको प्रश्न सुनेपछि ती युवक पनि प्रश्न नै फर्काउँछन्, ‘होइन हजुर हामीले पनि आशा गरेको थिएनौं के गर्नु?’ 

अनि आले भन्छन्, ‘कस्तो आशा?’ अनि फेरि युवक भन्छन्, ‘तपाईँबाट यस्तो हुन्छ भन्ने आशा लागेको थिएन के ।’ त्यसपछि भने मन्त्री आलेले अश्लिल शब्द प्रयोग गर्दै युवकलाई गाली गर्छन् । 



मन्त्री आलेको सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गर्न खोजिएको प्रतिक्रिया दिएको छ । आलेको अश्लिल अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ । 




  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया