विश्वकप छनोटको क्रममा स्थगित ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः खेलाइने

कतार विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीच स्थगित खेल पुनः खेलाइने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यो खेल फेरि खेलाइने जानकारी दिएको हो । 

गएको सेप्टेम्बरमा सान पाओलोमा यी दुई टोलीबीचको खेल चलिरहँदा कोरोना सम्बन्धी स्वास्थ्य मापदण्ड उल्लंघन गरिएको भन्दै ब्राजिलका स्वास्थ अधिकारीहरू मैदान प्रवेश गरेपछि खेल स्थगित भएको थियो ।

सो खेलका लागि ब्राजिल पुगेका इंग्लिस प्रिमियर लिगका चार अर्जेन्टिनी खेलाडीले क्वारेन्टाइन अवधि पूरा नगरेको ब्राजिलका स्वास्थ्य अधिकारीहरूको दाबी थियो ।

इमिलियानो मार्टिनेज, क्रिस्टियन रोमेरो, जियोभानी लो सेल्सो र इमिलियानो बुएन्डियाले इंग्ल्याण्डबाट ब्राजिल प्रवेश गर्दा अध्यागमनमा झुटो कागजात बुझाएको ब्राजिल सरकारको दाबी थियो । फिफाले यो विषयमा छानबिनका लागि कमिटीसमेत गठन गरेको थियो । सो कमिटीले पाँच महिनापछि प्रतिवेदन बुझाएको हो ।

फिफाले चारै खेलाडीमाथि दुई खेलको प्रतिबन्ध पनि लगाएको छ । फिफाले सान पाउलोमा नै सो खेल पुनः खेलाइने जनाए पनि मिति भने तोकेको छैन ।

ब्राजिल र अर्जेन्टिनाले यसअघि नै कतार विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । दुवै टोलीले योसहित अब छनोटका समान चार खेल खेल्न बाँकी छ । 
 





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार ११:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया