बुधबार बिहान १० बजे माओवादी संसदीय दलको बैठक, एमसिसीबारे निर्णय दिने

माओवादी केन्द्रले बुधबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ । भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल हुने बताइएको छ । 

सभभामुख अग्नि सापकोटाले भोलि बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यसअघि संसदीय दलको बैठक बसेर माओवादीले पार्टीको धारणा तय गर्न लागेको हो । 

माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने जानकारी दिएका छन् । 

सत्तारुढ दल नेपाली कांग्रेसले एमसिसीका पक्षमा उभिने निर्णय गरेको छ । मंगलबारको कार्यसम्पादन समितिको बैठकले एमसिसी संसदमा पेस गर्न आग्रह गरेको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १८:४२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया