प्रदीप पौडेलको एमालेलक्षित कटाक्ष : अलोकतान्त्रिक पक्ष फेरि न्यायिक अस्थिरता निम्त्याउन उद्यत देखिँदै छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले न्यायिक अस्थिरता निम्त्याउन उद्यत रहेको आरोप लगाएका छन् । मंगलबार ट्विट गर्दै पौडेलले राजनीतिक अस्थिरता निम्त्याउने अनेकौँ प्रयास विफल भएपछि अलोकतान्त्रिक पक्ष फेरि न्यायिक अस्थिरता निम्त्याउन उद्यत देखिएको आरोप लगाएका हुन् । 

एमालेको नाम नलिई उनले लेखेका छन्, ‘राजनीतिक अस्थिरता निम्त्याउने अनेकौँ प्रयास विफल भएपछि अलोकतान्त्रिक पक्ष फेरि न्यायिक अस्थिरता निम्त्याउन उद्यत देखिँदै छ।’

प्रतिशोध साँध्न हरेक क्षेत्रमा अनावश्यक बखेडा झिकेर मोलमोलाई गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले लेखेका छन्, ‘खराब कार्यशैली लोकतन्त्रमा  सबैका लागि बाधक हुन्छ, संरक्षणमा नलागौँ।’





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १८:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया