काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यमहरू गैरजिम्मेवार बन्दै गएको भन्दै रोष प्रकट गरेका छन् ।
पछिल्लो समय सञ्चार माध्यममाथि खरो टिप्पणी गर्दैै आएका बाँस्कोटाले सोमबार राजधानीमा आयोजित कार्यक्रममा सञ्चार क्षेत्रले सरकारका प्रत्येक क्रियाकलापको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोष पोखेका हुन् ।
मिडियाले सरकारका कमजोरीलाई बढाइचढाई प्रस्तुत गर्ने तर राम्रा कामलाई नक्कली भन्ने गरेको भन्दै उनले सिंगो सञ्चार क्षेत्रकै आलोचना गरे ।
सरकारका हर क्रियाकलाप नक्कली हुन् भन्ने मानसिकता फैलाउने उद्देश्यले समाचार सम्प्रेषण हुने गरेको भन्दै उनले जिम्मेवार बन्न सञ्चार क्षेत्रलाई आग्रह गरे ।
‘सरकारले जे गर्छ, त्योचाहिँ सबै नक्कली हो, अरुले जे गर्छन् त्यो मात्रै सक्कली हो ?’ मन्त्री बाँस्कोटाले भने, ‘त्यसो भए सक्कली अपराधी कहाँ छ त लेख्दिने पनि वा त्यस्तो गर्ने पनि बताइदिनुपर्यो नि ? उसलाई खोज्न जानुपर्यो । सक्कली को हो देखाइदिनुपर्यो नि ।’
उनको यो भनाइ निर्मला पन्त बलात्कार र हत्या प्रकरणका दोषी भन्दै पछिल्लो समय सरकारले प्रस्तुत गरेका युवा सक्कली अपराधी होइनन् भन्ने टिप्पणीप्रति लक्षित थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।