प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडकाे सहज जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज बिहान सम्पन्न खेलमा घरेलु टाेली म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा सिमित ब्राइटनमाथि २-० काे सहज जित हात पारेकाे छ ।

ओल्ड ट्राफाेर्डमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानाे राेनाल्डाे र ब्रुनो फर्नान्डेसले एक-एक गाेल गरे ।

खेलकाे ५१ औं मिनेटमा राेनाल्डाेकाे गाेलमार्फत् युनाइटेडले अग्रता लिएकाे थियाे ।

५४ औं मिनेटमा लुइस डन्कले राताे कार्ड बेहाेर्दै मैदान छाडेपछि ब्राइटन १० खेलाडीमा सिमित बन्याे ।

थप गरिएकाे समयमा फर्नान्डेसले गाेल गर्दै घरेलु टाेलीलाई २-० काे जित दिलाए ।

याे जितसँगै युनाइटेड २५ खेलमा ४३ अंकका साथ चाैथाे स्थानमा उक्लिदाँ पराजित ब्राइटन २४ खेलबाट ३३ अंक जाेडेर नवाैं स्थानमा छ ।





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार ८:१३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया