राष्ट्रिय सहमति नजुटी एमसिसी अगाडि बढ्नु हुँदैनः माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसिसी राष्ट्रिय सहमतिविना आउन नसक्ने निर्णय गरेको छ । संसदीय दलको बैठकमा गठबन्धनको परामर्श र छलफलविना एमसिसी संसदमा टेबुल हुन नसक्ने भन्दै एमसिसीबारे थप छलफल गर्नु पर्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताएका छन् । 

‘सत्तारुढ गठबन्धनको छलफल र सहमतिविना एमसिसी टेबुल हुन सक्दैन,’ संसदीय दलको बैठक सकिएपछि सन्चारकर्मीसँग कुराकानी गर्दै उनले बताएका हुन् ।

सत्तारुढ गठबन्धनमा माअ‍ोवादी केन्द्रले एमसिसीको विरोध गरे पनि नेपाली कांग्रेसले यसलाई पारित गर्ने निर्णय गरिसकेको छ । आज बोलाइएको संसद बैठकमा नै एमसिसी टेबुल हुने सम्भावना बढेको छ । 

तर, माओवादी केन्द्रले एमसिसी टेबुल भएमा आफूहरुले विरोध गर्ने संसदीय दलको बैठकमा निर्णय गरेको छ ।





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार ११:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया