सर्वोच्च अदालतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रतिष्ठानका पदाधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले प्रतिष्ठानका उपकुलपति, डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राडा गुरु खनाल, अस्पताल निर्देशक प्राडा गौरीशंकरलाई गत पुस ३० गते काम गर्न रोक लगाउँदै स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विषेशज्ञ डा. श्यामसुन्दर यादवलाई उपकुलपतिको हैसियत दिएर पठाएको थियो ।
सरकारले स्वास्थ्य मन्त्रालयबाट प्रतिष्ठानमा पठाएका डा. श्यामसुन्दर यादवको सट्टामा हाललाई प्रतिष्ठानका पदाधिकारीलाई नै काम गर्न दिनू भन्ने आदेश उल्लेख छ । अदालतले दुवै पक्ष राखेर छलफल गर्न विपक्षीलाई पनि बोलाउन आदेश गरेको छ ।
सर्वोच्च अदालतको आदेशसँगै सरकारले दैनिक आर्थिक, प्रशासनिक, शैक्षिक र पदअनुसारको काम, कर्तव्य अधिकार प्रयोग गर्न बिपी प्रतिष्ठानका पदाधिकारीले पाउने भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।