जोन्सन खोप लगाएकाहरुले बुस्टर डोजका रुपमा अन्य खोप लगाउन मिल्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुले बुस्टर डोजका रुपमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना वा फाइजर खोप लगाउन मिल्ने जनाएको छ । 

जोन्सन एण्ड जोन्सन खोप लगाएको व्यक्तिहरूले ६ महिनापछि उपलब्ध भएसम्म सोही खोप, उपलब्ध नभएको खण्डमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने मन्त्रालयले जनाएको हो।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले बुधबार जारी गरेको परिपत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस महाशाखाको प.सं. २०७८-७९ च.नं. ९७० मिति २०७८-१०-२७ गतेको पत्रअनुसार कोभिड-१९ विरुद्धको खोपको बुस्टर मात्राको हकमा १८ वर्ष पुरा गरेका सम्पूर्ण व्यक्तिहरूलाई पुरा मात्रा (पहिलो शृङखला) लगाएको ६ महिना पछि उपलब्धताको आधारमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने भनी परिपत्र भइसकेको अवस्थामा विभिन्न जिल्लाबाट ज्यान्सेन (जे एण्ड जे) खोप लगाएकाहरूलाई के गर्ने भनी जिज्ञासा आइरहेको सन्दर्भमा जोन्सन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरूलाई पनि ६ महिना पछि उपलब्ध भएमा सोही खोप, तर नभएमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने ब्यहोरा जानकारीको लागि अनुरोध छ।’





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार २१:४८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया