५६ जना महिलाको हत्या गर्ने रुसका पूर्व प्रहरीलाई दाेहाेराे जन्मकैद

एजेन्सी– रुसको अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जना महिलाको हत्यामा दोषी ठहर गर्दै जन्मकैदकाे सजाय सुनाएकाे छ । 

यसअघि पनि उनले करिब २२ जना महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् । 

५४ वर्षीय मिकाइल पाेपकाेभले १६ देखि ४० वर्ष उमेरका महिलालार्इ बलात्कार गरी मारेका थिए । पोपकोभले महिलाहरुलाई रातको समयमा कारमा राखेर इरकुस्तुकको अंगस्र्क शहरको आसपास लगेर बलात्कार गरी बञ्चरो तथा हथौडाले हानेर हत्या गरेका थिए । हत्या गरेका महिलाको शरीर टुक्रा टुक्रा पारी सडक किनाराको जंगल वरिपरि फालेका थिए । 

पोपकोभले अंगस्र्कका चरित्रहीन महिलालाई शुद्ध गराउन आफूले यस्तो गरेको दावी गरेका छन् । 

यो भन्दा पहिला अलेक्जेन्डर पिचुश्किनले ४८ व्यक्तिको हत्या गरेका थिए । त्यस्तै आन्द्रेइ चिकातिलोले ५२ जना मानिसको हत्या गरेको घटना रुसी इतिहासमा छ । 

ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन् । 

रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार ७:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया