नेविसंघको तालाबन्दीविरुद्ध त्रिविका प्राध्यापक आन्दोलित

त्रिभुवन विश्व विद्यालयका प्राध्यापकले नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्रदर्शन गरेका छन् ।

विश्वविद्यालयका प्राध्यापकले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

तालाबन्दी समाधान होइन, समस्या हो, विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ, अब त अत्ति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म, विश्वविद्यालय सुधारका लागि एकजुट होऔँ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले विश्वविद्यालयको रजिष्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका थिए । प्रदर्शनकारी प्राध्यापकले समस्या सहज रुपमा समाधान गर्न सकिने अवस्था रहे पनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताएका छन् ।

प्राध्यापकले विभिन्न विद्यार्थी संगठनले आफ्नो आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताए । उनीहरूले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनु पर्ने बताएका छन् ।



सत्तारूढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले विगत लामो समय यता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ ।



  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १५:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया