हाम्रो जोड गठबन्धन बचाउनेमा छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन् ।

बिहीबार सत्तारुढ गठबन्धनको बैठकअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै आफूहरूले गठबन्धनलाई बचाउन जोड दिएको बताएका हुन् । 

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा एमसिसीबारेको निर्णायक बैठकको तयारीका बारेमा छलफल भएको बताए । उनले बैठकमा एमसिसीलाई कसरी निकास दिने भन्ने कुरामा विशेष छलफल भएको पनि जानकारी दिए ।

‘हाम्रो ५ बजे मिटिङ छ । त्यसकै तयारीको रुपमा भेटघाट गरेका हौँ तीन दलको । तीन दललाई कसरी बचाउने भनेर लागेका छैनौँ । ५ दललाई नै कसरी बचाउने भनेर लागेका हौँ र एमसिसीलाई कसरी निकास दिने भन्ने कुरा हो । आज ५ दलको बैठकमा छलफल गरेर एउटा निकास निकाल्छौँ र एउटा निकास निकाल्नेतिर नै हाम्रो जोड छ । जोड सकेसम्म गठबन्धन बचाउनेमा छ ।’

अध्यक्ष दाहालले आज साँझ बस्ने सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे निकास निकाल्ने पनि बताए ।






  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १६:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया