देउवाको सन्देश लिएर ओलीसँग भेटे कांग्रेस नेता मीनेन्द्र रिजालले

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले भेट गरेका छन् । 

पछिल्लो समय सत्तारुढ पाँच दलीय गठबन्धनमा खटपट देखिएसँगै रिजाल र ओलीको यो भेटलाई निकै महत्त्वपूर्ण मानिएको छ । ओलीनिकट एक नेताका अनुसार यो भेटघाटमा अमेरिकी सहयोग परियोजना एमसिसी र संसद सुचारु गर्ने विषयमा छलफल भएको थियो ।

ओली र रिजालबीचको भेटमा गठबन्धन टुटेमा कसरी अगाडि बढ्ने भन्ने पनि छलफल भएको स्रोतको दाबी छ ।

रिजाल प्रधानमन्त्री देउवाको सन्देश लिएर बालकोटमा ओलीलाई भेट्न पुगेका हुन् । पछिल्लो समय गठबन्धनमा खटपट सुरु भए पछि नेपाली कांग्रेसका नेताहरुले एमाले नेताहरुसँग छलफललाई बढाएका छन् ।





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १७:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया