इंग्लिस प्रिमियर लिगः एभर्टन र वाटफोर्डले अंक बाँडे

एजेन्सी– इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा एभर्टन र वाटफोर्डले अंक बाँडेका छन् । उनीहरूलाई समान २ गोल खेल्दै अंक बाँडेका हुन् । 

प्रतियोगिताअन्तर्गत खेलको १५औं मिनेटमा एभर्टनले गोल गर्दै टोलीलाई अग्रता दिलयो । एभर्टनका लागि रिचार्लिसनले गोल गरेका हुन् । 

पहिलो हाफमा १ गोलले अघि रहेको एभर्टनले ६३औं मिनेटमा आत्मघाती गोल गर्न पुग्यो । एभर्टनका सिमुस कोलेमनले आत्मघाती गोल गरेका हुन् । 

खेलको ६५औं मिनेटमा वाटफोर्डका लागि डौकोर्सले गोल गरेर खेललाई २–१ को स्थितिमा पु¥याए । तर इन्जुरी टाइममा एभर्टनका लुकास डेग्नीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

योसँग एभर्टनले १६ खेलबाट २४ अंक जोडेको छ भने समान खेल खेलेको वाटफोर्डले २१ अंक जोडेको छ ।
 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार ९:४८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया