सत्तारूढ गठबन्धनको बैठक सकिन अझै आधा घण्टा लाग्ने भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसिसीको विषयलाई लिएर निर्णायक भनिएको बैठक जारी रहेको र सकिने केही समय लाग्ने भएको हो ।
बैठकमा सहभागी रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बैठक जारी रहेको बताए ।
उनले फरकधारसँग भने, 'बैठक जारी छ । सकिन आधा घण्टाजति लाग्छ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।