\
सरकारका प्रवक्ता एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा सत्ता गठबन्धनको बैठकमा गम्भीर छलफल भएको बताएका छन् । उनले भोलि फेरि बैठक बसेर थप निर्णय गर्ने बताए ।
बिहीबार बेलुका बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले भने, 'एमसिसीका विषयमा गम्भीर छलफल भयो । भोलि १० बजे यो बैठक जारी रहन्छ । थप निर्णय यो बैठकले गर्ने छ ।'
उनले तीन घण्टाको अवधिमा दलका नेताहरूले एमसिसीका हरेक विषयमा छलफल गरेको बताए । यसलाई सहमतिका साथ निष्कर्षमा पुर्याउन भोलि फेरि बैठक बस्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।