प्रचण्डलाई देउवाले भने : आफ्ना मन्त्रीलाई तत्काल राजीनामा गराउनुस् नत्र बर्खास्त गर्छु

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । सत्ता गठबन्धनको बैठकअघि प्रचण्डसँग एक्लै भेटेर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई राजीनामा गराउन आग्रह गरेका थिए । 

एमसिसीमा माओवादीले असहयोग गरेपछि आक्रोशित बनेका देउवाले तत्काल आफ्ना मन्त्रीलाई राजीनामा गराउन प्रचण्डसँग आग्रह गरेका थिए । राजीनामा नगराए आफूअप्रिय कदम चाल्ने देउवाको चेतावनी थियो । 

त्यसलगत्तै बसेको गठबन्धन बैठकमा पनि राम्रै भनाभन भएको बुझिएको छ । बैठकमा देउवाले एमसिसी भोलि नै संसदमा टेबल गर्ने अडान लिएका थिए । 

गठबन्धनमा कुरा नमिलेपछि प्रधानमन्त्री देउवा बैठक सकिएलगत्तै एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट पुगेका छन् । 





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार २१:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया