२१ वर्षीय युवाले गरे मेयरमा उम्मेदवारी घाेषणा

आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीकाे लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् ।

स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नकाे लागि स्वतन्त्र रूपमा राजनीतिमा सक्रिय भएकाे भन्दै उम्मेदवारी घाेषणा गरेका हुन् ।

लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरूमाझ लाेकप्रिय छन् ।

असहाय बालबालिकाहरूका लागि सहारा बन्दै आएका भाट आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने व्यक्तिको लागि सहयोग अभियान सन्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छ्न् ।

‘यो समय समाजमा फरक सोच राख्ने व्यक्तिहरूको लागि पनि सर्वेक्षणको समय हो । यो समय मत मात्रै हाेइन, मनको सर्वेक्षण गर्ने पनि समय हो’, भाटले फरकधारसँग भने, ‘नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेहरूका लागि एउटा समय हो । त्यसैले पनि मैले उम्मेदवारीको घोषणा गरेको छु ।’ 





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ७:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया