भारतका लोकप्रिय कमेडियन कपिल शर्मा नयाँ चलचित्रमा देखिँदैछन् ।
नन्दिता दासले निर्देशन गर्न लागेकाे चलचित्रमा उनकाे भूमिका फुड डेलिभरी राइडरको हुनेछ।
फिल्म अप्लोज इन्टरटेनमेन्टले निर्माण गर्दैछ । फिल्मको नाम हालसम्म फाइनल भइसकेको छैन। फिल्ममा अभिनेत्री शहाना गोस्वामीले उनको पत्नीको भूमिका निभाउँदैछिन् । दासले ‘मन्टाे’ चलचित्रकाे निर्देशन गरिसकेकी छन् । नयाँ चलचित्र पनि राम्रै बन्ने अनुमान गर्न सकिन्छ।
कमेडी साे ‘द कपिल शर्मा साे’का सञ्चालक कपिलले चलचित्र ‘किस किसको प्यार करुँ’ र ‘फिरंगी’ मा अभिनय गरिसकेका छन् । दुवै चलचित्रबाट उनले राम्राे प्रतिक्रिया भने पाएका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।