लमजुङका तीन फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीले दुई जनालाई काठमाडाैं र एक जनलाई पोखराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका ७ घर भएका पवन घर्ती, राइनास नगरपालिका-६ का मनबहादुर बराल र बेसीसहर नगरपालिका-४ का ३२ का सुरज गुरुङ रहेका छन् ।

पक्राउमा परेका तीनै जनालाई लमजुङ जिल्ला अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय लमजुङले अभियान नै सञ्चालन गरी फरार प्रतिवादी पक्राउ गर्दै आएको डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

घर्तीलाई सवारी ज्यानसम्बन्धी मुद्दामा १ वर्ष २ महिना ७ दिन कैद सजाय हुने ठहर भई ०७७ पुस ५ गते सर्वोच्च अदालतले फैसला गरेको थियो भने अर्का प्रतिवादी बरालाई बैंकिङ कसुर मुद्दामा ८० हजार ५ सय असुल उपर गर्न ०७६ पुस १८ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम पक्राउ गरिएको  कार्कीले बताए ।

लागुऔषध मुद्दामा फरार रहेका गुरुङलाई ५ महिना ४ दिन कैद र १२ हजार जरिवाना ठहर हुने गरी ०६९ जेठ ८ गते जिल्ला अदालत कास्कीबाट फैसला भएको थियो ।





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ९:३१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया