माओवादीका भातृ संगठनले आज पनि एमसिसीविरुद्ध प्रदर्शन गर्ने

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन याेङ कम्युनिस्ट लिग नेपाल(वाइसियल) र अनेरास्वियु (क्रान्तिकारी) ले आज पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्ध प्रदर्शन गर्ने भएका छन्। 

आज(शुक्रबार) मध्यान्ह १२ बजे एमसिसीविरुद्ध नयाँ बानेश्वरकाे एभरेस्ट हाेटल अगाडि प्रदर्शन गरिने बताइएकाे छ ।

आज बस्ने भनिएकाे प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गराउन कांग्रेसले जोड गरिरहेका बेलामा संगठन सडकमा उत्रिने भएका हुन् ।

एमसिसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा निकै दबाबमा छन् । गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन् ।
 





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १०:३१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया