आइसिसी पुरुष टि-२० विश्वकप ग्लोबलछनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङकाे निम्ताे पाएकाे हाे । खेल पाैने १२ बाट सुरु हुनेछ ।
ग्लोबल छनोटअन्तर्गत नेपालले समूहको पहिलो खेल ओमानविरुद्ध खेल्दैछ ।
नेपाल आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा छ ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख , (विकेटकिपर), जितेन्द्र मुखिया, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।