प्रधानमन्त्रीसँग एमसिसी त्याग्ने वा गठबन्धन बचाउने दुई विकल्प : शंशाक कोइराला

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसिसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उनले आफ्नो निर्णयहरू बारम्बार भनिरहेको पनि बताए ।

सांसद कोइरालाले एमसिसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गरे ।

'शेरबहादुरजीको अघि दुई उपाय छन् । एउटा एमसिसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो । यो अप्सन उहाँले नै रोज्नुपर्ने हो । उहाँले कुन रोज्नुहुन्छ । एमसिसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म । गठबन्धनलाई राख्ने हो भने एमसिसी छोड्नुपर्छ । दुई मध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ,' उनले भने ।

उनले एमसिसीमा विभिन्न तरिकाले भ्रम छरिएको बताए । उनले एमसिसी कार्यान्वयनमा गए अमेरिकी सेना आउँछ भनिएको भए तापनि एमसिसी कार्यान्वयनमा भएका देशमा त्यस्तो नभएको उनले बताए । उनले त्यसलाई आधारमा मानेर नेपालले पनि एमसिसी संसदबाट पारित गर्नुपर्ने तर्क गरे ।

‘एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरू उभिरहेको छ । हाम्रो अस्तित्व नै डामाडोल हुन्छ । अमेरिकी सेना यहाँ आउँछन् । धेरै कुराहरू छन् । ९ वटा मुलुकमा एमसिसी जुन चलिरहेको छ त्यसमा त कोही सेनाहरु परिचालन भएको छैनन् । त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसीसी हामीले पारित गर्नुपर्छ,' उनले भने ।





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १४:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया