कुराकानी नमिल्ने गठबन्धन पनि चलिराख्छ भन्ने कुरा हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सत्तारुढ राजनीतिक दलहरूका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताएका छन् ।

कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा नहुने उनले स्पष्ट पारे । नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसिसीलाई संसदमा टेबुल गरी आ–आफ्नो मत प्रकट गर्नुपर्ने उनले बताए ।

संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘गठबन्धन हाम्रो बीचमा कुराकानी मिलेर बन्यो । हाम्रो बीचमा कुराकानी मिलिरहे गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुराकानी मिलेन भने गठबन्धन चल्दैन । कुराकानी मिलेन भने चल्दैन । कुराकानी पनि नमिल्ने गठबन्धन पनि चलिराख्छ भन्ने कुरा हुँदैन ।'

फरक फरक राजनीति मिले गठबन्धन बनेको भन्दै उनले यसका लागि न्यूनतम कुराहरू मिल्नुपर्ने बताए । सत्ता गठबन्धनका दलहरूसँग कुराकानी नमिल्ने गठबन्धन पनि चलाइरख्नुपर्छ भन्ने पनि नहुने उनले बताए । उनले एमसिसीका विषयमा कही न कही दलहरू जोडिएको उल्लेख गर्दै नेपालको विश्वसनियतामाथि ह्रास आउन नदिन एमसिसी टेबल गर्नुपर्ने बताए ।

'आजको दिनमा नेपाली कांग्रेस, माधव नेपालको पालादेखि सुरु भएर आएको दसौँ वर्ष लागेर यहाँसम्म आइसके पछाडि यो नेपालको अन्तर्राष्ट्रिय विश्वसनियताको कुरा हो । हामी सबैले यसमा काम गरिसक्यौँ । हामी सबै जना कहीँ न कहीँ यसमा संलग्न छौँ । अहिले सिंगो नेपालको विश्वसनियतामाथि ह्रास आउँछ भन्ने कुरा गरिरहदै गर्दा एक ठाउँमा उभिन सक्दैनौँ यसमा भनेदेखि भने हामीले प्रष्ट भनेका छौँ टेबल गरौँ हामीहरू आ–आफ्नो ठाउँमा मतदान गर्न सक्छौँ,’ उनले भने ।





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १६:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया