\
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी छन् ।
नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन, सर्वोच्च अदालतको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली, २०७६) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले बाँकी कैद मिनाहा गरेकी हुन् ।
त्यस्तै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आङनिमा सेर्पासहित १२ जनाको सजाय माफ गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।