धानबालीमा क्षति पुगेका किसानलाई राहत दिन एक अर्ब निकासा
फाइल तस्वीर

सरकारले बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब रुपैयाँ निकासा गरेको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भइ आएका जिल्लामा मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

त्यसै अनुरुप बैतडीमा ८ लाख रकम निकासा भएको छ । रकम निकासा भएको विवरण प्रत्येक स्थानीय तहलाई सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

मापदण्ड–२०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम उपलब्ध गराउन लागिएको उनले बताए । देशका विभिन्न ठाउँमा गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण धानबालीमा क्षति  पुग्दा विभिन्न जिल्लाका किसान प्रभावित भएका थिए ।

किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, स्वीकृत गरेको थियो ।

अर्थ मन्त्रालयबाट निकासा रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमा ल्याइ धानबालीमा क्षति पुगेका बैतडी, डडेलधुरा, बाजुरा, कञ्चनपुर र कैलालीका लगायत देशभरी प्रभावित जिल्लाहरुमा किसानलाई राहत उपलब्ध गराउने निर्णय भएको हो ।



देशैभरी प्रभावित जिल्लाका विपद् व्यवस्थापन कोषमा ८५ करोड चार लाख रुपैयाँ रकम निकासा भइसकेको गृह मन्त्रालयले जनाएको छ ।



  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १९:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया