क्यानडामा प्रदर्शनकारीहरू धमाधम गिरफ्तार हुँदै

क्यानडाको राजधानी ओटावामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले विगत तीन सातादेखि भइरहेको भ्याक्सिन विरोधी आन्दोलनलाई अन्त्य गर्ने प्रयास गरिरहेको छ । हालसम्म एक सय आन्दोलनकारी पक्राउ परिसकेका छन् ।

आन्दोलन अन्त्य गर्न सरकारले यहाँ संकटकाल लगाएको छ । प्रहरीले आन्दोलनकारीलाई फिर्ता पठाउने प्रयास गरिरहेको छ ।

शुक्रबार बिहान प्रहरीले अभियान सुरु गर्दा केही प्रदर्शनकारीले विरोध गरेका थिए । 

सहरमा अझै पनि प्रदर्शनकारीहरूले सरकारको आदेश पालना गर्न अस्वीकार गरिरहेका छन्।

आन्दोलन अन्त्यका लागि प्रहरीले २१ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । आन्दोलनकारीहरु कोही पनि घाइते भने भएका छैनन् । पक्राउ परेकाहरूमाथि कैयौं प्रकारका मुद्दा दर्ता भएका छन्।





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १०:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया