हिजाब विवादमा फेरि बाेल्याे पाकिस्तान

हिजाब विवादमा पाकिस्तानी विदेश मन्त्रालयले फेरि एकपटक आफ्नो प्रतिक्रिया दिएको छ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता इफ्तिखार अहमदले शुक्रबार भारतको कर्नाटक राज्यमा हिजाब प्रतिबन्धको बारेमा निकै चिन्तित रहेकाे बताएका छन् ।

इफ्तिखार अहमदले भने, ‘भारतको कर्नाटक राज्यमा मुस्लिम महिलाहरूलाई हिजाब लगाउने प्रतिबन्धप्रति पाकिस्तान चिन्तित छ र यसको निन्दा गर्दछ । हिजाब विरोधी अभियान आरएसएस र बिजेपीद्वारा चलाइएको छ । यो उनीहरूको बहुमतवादी राजनीतिको हिस्सा हो ।’ 

यसअघि पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले पनि भारतमा हिजाबको विवादलाई लिएर मोदी सरकारको आलोचना गरेका थिए ।

भारतको विदेश मन्त्रालयले पनि कर्नाटकमा हिजाब विवादमा विदेशबाट आएको प्रतिक्रियाको जवाफ दिएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कर्नाटकका केही शैक्षिक संस्थाहरूमा ड्रेस कोडको मुद्दा राज्यको उच्च अदालतमा विचाराधीन छ । हाम्रो संवैधानिक संरचना र संयन्त्रका साथै लोकतान्त्रिक प्रकृति र नीतिबाट यो समस्या समाधान हुनेछ । जसले भारतलाई राम्ररी चिन्छन्, उनीहरूलाई सत्य थाहा छ । हाम्रो आन्तरिक मामिलामा राजनीतिक रूपमा प्रेरित टिप्पणीहरू स्वागतयाेग्य छैन ।



यसअघि अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता (आइआरएफ) ले पनि फेब्रुअरी ११ मा कर्नाटकमा हिजाब विवादलाई लिएर विज्ञप्ति जारी गरेको थियो। आइआरएफले कर्नाटकमा हिजाबमा प्रतिबन्ध धार्मिक स्वतन्त्रताको उल्लंघन भएकाे र यसले मुस्लिम महिलाहरूलाई मूलधारबाट हटाउने बताएको थियो ।

इस्लामिक देशहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी) ले पनि सोमबार भारतमा हिजाबको विवादमा आपत्ति जनाएको छ ।



  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १०:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया