महिनावारी स्वच्छताका लागि प्याड बनाउँदै किशोरी

बाँके– महिनावारीलाई सुरक्षित व्यवस्थापन गर्न किशोरीलाई नेपालगन्जमा प्याड बनाउन सिकाइएको छ । बाँके र बर्दियाका विभिन्न नगरपालिका र गाउँपालिकाका समुदायबाट सहभागी किशोरीलाई महिनावारीसम्बन्धी अभिमुखीकरणसहित प्याड बनाउन सिकाइएको हो । 

भविष्यमा स्थानीयस्तरमा सस्तो मूल्यमा प्याड किन्न सक्ने अवस्था सिर्जना गर्न स्थानीय किशोरीलाई सीप प्रदान गरिएको गेरुवाका टोली प्रमुख केशव राणाले बताए । महिनावारीलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नसकेकै कारण बाँके र बर्दियामा अहिले पनि किशोरी विद्यालय छाड्न बाध्य रहेको उनले उल्लेख गरे । 

विद्यालयस्तरमा समेत महिनावारी स्वच्छता व्यवस्थापनका लागि सहज वातावरण नहुँदा महिनामा करिब पाँचदेखि सात दिनसम्म किशोरीको अध्ययनमा बाधा हुने गरेको उनको दाबी छ । 

महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख प्रज्ञा निरौलाले यो सीप केही व्यक्तिमा मात्र सीमित नभएर सबै किशोरीलाई प्रदान गर्न सकिए किशोरीमा आउने धेरै समस्या निराकरण हुने बताउँछिन् । स्थानीयस्तरमा आर्थिक समस्याका कारण हुने असुरक्षित महिनावारी व्यवस्थापन गर्न सहयोग पुग्ने उनको विश्वास छ । 
 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १३:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया