नगद लाभांश बाँड्दै जनता बैंक

काठमाडौं– जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आफ्ना सेयरधनीलाई उक्त परिमाणको नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । 

बैंकका अनुसार आठ अर्ब सात लाख ८५ हजार नौ सय २५ चुक्तापुँजीको आठ दशमलव ५० प्रतिशत बराबरको ६८ करोड ६० लाख ६६ हजार आठ सय तीन रुपैयाँ नगद लाभांश वितरण गर्न लागिएको हो । 

बैंकले गत वर्ष १४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सो बैंकले आव २०७४–७५ मा ९३ करोड ४७ लाख रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको थियो ।  





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १३:५६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया