एमसिसी पास गराउन अमेरिका एमालेको पछि लागेको छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्नका लागि अमेरिकाले आफ्नो शक्ति प्रयोग गरिरहेको बताएका छन् । 

शनिबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओलीलाई मिलाएर एमसिसी पास गराउन अमेरिका लागि परेको बताए।

एमसिसी पास गराउनका लागि अहिले अमेरिकाले एमालेलाई फकाइरहेको दाबी गर्दै उनले वामपन्थी पार्टीहरुकै मिलेमतोमा एमसिसी पास हुने खतरा रहेको बताए । 

एमसिसीले देशमा विदेशी हस्तक्षेप झनै बढ्ने बताउँदै उनले भने,  ‘एमसिसी पास गराउने विषयमा अमेरिकाले राष्ट्रिय जनमोर्चासँग आशै गरेको छैन, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट आस मरेपछि अमेरिका एमालेको पछि लागेको छ ।’ 

अमेरिकी जासुस नेपाल आएर नेपालीलाई फकाइरहेको दाबी गर्दै उनले सत्ता चलाउनेहरु बिकिसकेको दाबी गरे। सत्ता चलाउनेहरुको असक्षमताका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको उनको आरोप छ । 





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार २०:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया