एमसिसी आउँदैमा मुलुकमा विदेशी सेना आउँदैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । 

कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ ले प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमसिसी परियोजना नेपालको हितमा रहेकोबारे जनतालाई बुझाउनुपर्नेमा जोड दिए । सो अवसरमा नेता कोइरालाले मुटुरोग विशेषज्ञ डा.राजीव श्रेष्ठलाई पार्टीमा स्वागत गरे । 

कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसिसी आउँदैमा मुलुकमा विदेशी सेना आउनेबारे कुनै पनि बुँदामा उल्लेख नभएको प्रस्ट पारे । उनले ६३ अर्बको एमसिसी परियोजनाको उद्देश्य मुलुकको विद्युत् ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताए । उनले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रस्ट पारे ।

नेपाली कांग्रेस वडा नं ९ का सभापति अनुजा कोइराला, महानगरपालिकाका सभापति दीपक चापागाईं, क्षेत्र नं ६ (ख)का सभापति मधुबाबु तिवारी, महाधिवेशन प्रतिनिधि निरञ्जन रिजाल तथा समाजसेवी नारायणप्रसाद श्रेष्ठलगायतले प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने सहिदहरूको सपनालाई पूरा गर्न नेता तथा कार्यकर्ता जनताको समृद्धिका लागि जुट्नुपर्ने बताए । 





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार २०:५१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया