सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उनले १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि परामर्श समितिको बैठक बोलाएका हुन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रतिनिधिसभाको कार्यसूचीबारे छलफल गरिनेछ । आजको प्रतिनिधिसभा बैठकका लागि शनिबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अटाएको थिएन ।

परामर्श समितिको बैठकले एमसिसीलाई कार्यसूचीमा राख्ने सम्भावना छ । आज बिहान १० बजे सत्ता गठबन्धनको बैठक पनि बस्दैछ ।

बैठकमा एमसिसीको विषयलाई टुंगोमा पुर्याउने विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि एमसिसीको विषयमा सहमति जुटाउन पटकपटक सत्ता गठबन्धनको बैठक बसे पनि बिनानिष्कर्ष सकिएको थियो ।  





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ७:३२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया