बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाइरहेकाे आरोप लगाएका छन् । बिबिसीसँगको एक अन्तर्वार्तामा क्रममा उनले यस्ताे आराेप लगाएका हुन् ।
प्रधानमन्त्री जोनसनले भने, ‘सबै संकेतहरू यस्ता छन कि योजना केही अर्थमा सुरु भइसकेको छ ।’
रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेकोे गुप्तचरले जानाकारी दिएको उनले बताए ।
‘मानिसहरूले मानव जीवनको मूल्य बुझ्न आवश्यक छ’, प्रधानमन्त्रीले भने ।
रुसी आक्रमण हुनै लागेको हो त भन्ने बिबिसीको जिज्ञासामा प्रधानमन्त्री जोनसन भन्छन्, ‘मलाई डर छ, जसलाई प्रमाणले इंगित गरेको छ ।’
करिब १ लाख ६९ हजार देखि १ लाख ९० हजार रुसी सेना युक्रेनको सीमामा रहेको अमेरिकाले पछिल्लो पटक अनुमान गरेको छ । तर, यो तथ्यांकमा पूर्वी युक्रेनमा सरकारविरुद्ध विद्रोह गरिरहेका विद्रोही पनि पर्छन् ।
रसियाले जुनसुकै बेला युक्रेनमा हमला गर्न सक्ने पश्चिमा मुलुकहरूले सावधानी दर्शाउँदै आएका छन् । तर, रसियाले ती देशको दाबी अस्वीकार गर्दै आएको छ । आफूहरूले सैन्य अभ्यास गरेको रुसको भनाइ छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली फौज युक्रेनको पूर्वी क्षेत्र र विद्रोहीको पकड रहेको दोनबासबाट मात्र नभई बेलारुसको तल्लो भाग र राजधानी किभ वरपरको क्षेत्रबाट युक्रेन प्रवेश गर्ने योजनामा रहेको पश्चिमा नेताहरूलाई जानाकारी दिएकोसमेत प्रधानमन्त्री जोनसनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।